कुन देशले कति जलवायु परिवर्तनबाट पीडित देशलाई सहयोग गरे ?

Share to:

एजेन्सी,

जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ। युएईको नेतृत्वमा धेरै देशले कोषमा आफ्नो आर्थिक प्रतिबद्धता जनाएका छन्, जसमा युएईले १० करोड अमेरिकी डलर, जर्मनीले सय मिलियन डलर, बेलायतले चार करोड पाउन्ड (लगभग ५०.६ मिलियन डलर) र अन्य व्यवस्थाका लागि दुई करोड पाउन्ड सहयोग गरेको छ। जापानले १० मिलियन डलर र संयुक्त राज्य अमेरिकाले १७.५ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनले बिहीबार विश्वका विशेषगरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने नोक्सानी र क्षतिसँग जुध्न सहयोग गर्न कोष सञ्चालनमा ल्याएको हो। नोक्सान र क्षति कोषमा यो निर्णायक कार्यले दुबई, संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप– २८) को सम्मेलनको २८औं सत्रको पहिलो दिन सहयोग गर्ने प्रतिबद्धता जनाइएको हो।

Like