तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि
रासंसा/काठमाण्डौ, मार्ग१०,
मुलुकमा काठमाडौँमा नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती’ भन्ने मुख्य नारासहित आजदेखि सम्मेलन सुरु भएको हो । सम्मेलनमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, सुरक्षित स्वास्थ्य सेवा प्रवाह, प्रति जैविक प्रतिरोध औषधिको उचित प्रयोग, समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयको छलफलमा हुनेछ । सम्मेलनमा स्वास्थ्यका विभिन्न सातवटा विषयमा छलफल हुने नेपाल चिकित्सक सङ्घले जनाएको छ । यस सम्मेलन असोज महिनामा आयोजना गरिने भनिए पनि चिकित्सक र स्वास्थ्यकर्मी माथि आक्रमणका घटना लगातार बढेपछि सो समयमा सम्मेलनलाई स्थगित गरिएको थियो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।