भारत र अष्ट्रेलियाविच विश्वकप क्रिकेट आज उपाधिका लागि प्रतिस्पर्धा हुँदै

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ३,

विश्वकप क्रिकेटको उपाधिका लागि भोलि आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ। सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो। अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह धोनीको नेतृत्वमा विश्व कप जितेको थियो। भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी रंगशालामा यी दुईविचको फाइनल खेल हुँदैछ।भारत न्युजिल्याण्डलाई तथा अष्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन । भारत जारी विश्वकपमा खेलेको १० खेलमा अपराजित रहयो भने अष्ट्रेलिया १० मध्ये लिग चरणका दुई खेल भारत र दक्षिण अफ्रिकासंग पराजित भएको थियो।भारत तेस्रो पटक उपाधि चुम्न चाहन्छ भने अष्ट्रेलिया छैठौ पटक उपाधि जित्ने प्रयासमा हुनेछ। अस्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरि ५ पटक विश्वकप जितेकाे छ। एकदिवसीय क्रिकेटमा भारत र अस्ट्रेलिया जम्मा १ सय ५० पटक आमनेसामने भएका छन् । त्यसमध्य अष्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । विश्वकपमा १३ पटक आमने सामने भएका छन्।अस्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ। सन २००३ को विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया भिडेका थिए।जहाँ अस्ट्रेलियाले ३ सय ५९ रनको विशाल स्कोर बनाएको थियो।भारत २ सय ३४ रनमा अलआउट भएको थियो ।

Like