अन्य थप

हिमाली भू-भागमा कोशी, बागमती र गण्डकीका हल्का हिमपात हुने

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ३०,

मुलुकमा जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Like