संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
मिन बहादुर कुँवर/कास्की, कार्तिक १४,
मुलुकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी एविसी गएका हुन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत उनी एविसी अवतरण गरेका हुन् । उनी पौने घण्टा एविसीमै रहे । उनको स्वागतका लागि एविसीमा छुट्टै हेलिप्याड बनाइएको थियो भने स्थानीय झाँकी सहित स्वागत गरिएको थियो । त्यहाँ पालिका अध्यक्ष विष्णु केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराइरहेका छन् भने वडाध्यक्ष वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए । गुटेरेस पोखरा आइपुग्ने कार्यक्रमन रहेको छ । गाउँपालिकाका अध्यक्ष विष्णु केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए ।
Laxmi sunrise bank