घटस्थापना : चोखो बालुवा निकाल्न बिहानैदेखि बागमतीमा भिड
रासंसा/काठमाण्डौ, आश्विन २८,
मुलुकमा आजदेखि नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । हिन्दु धर्मालम्बीहरुले आज देखि ९ दिन सम्म शक्तिपीठहरुमा माता दुर्गाको पूजाआजा गर्ने गर्दछन् । गुहेश्वरी प्राङ्गण हुँदै बहने बाग्मती नदीबाट बालुवा निकालेर घरमा जमरा राख्न माटो लानेको बिहानैदेखि बाक्लो उपस्थित देखिन्छ । कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा वा माटो ल्याई दसैँ घर वा पूजा कोठामा राखी त्यस चोखो माटो या बालुवामा जमरा उमार्न, जौ तथा मकै छर्ने प्रचलन रहेको छ ।