संघर्ष गरिरहे एक दिन अवश्य जित हुन्छ भनेर हामी लाग्यौ आज जित भएको छ – रक्तदाता सम्राट प्रेमसागर कर्माचार्य

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २३,

मुलुकमा नि:शुल्क रक्तदान गर्ने स्वयंसेवी रक्तदाताको रगत बेच्ने र कमिशन लिनेहरु आज परास्त भएका छन् । संघर्ष गरि रहे एक दिन संघर्षको जित अवश्य हुनेरहेछ भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय रक्त नायक/रक्त सम्राट नेपालका सर्वाधिक रक्तदाता (१७५ पटक) प्रेमसागर कर्माचार्य खुशी व्यक्त गर्नुभएको छ । उहाँले हिजो २२ गते आफ्नो अथक मेहेनतलाई काठमाण्डौं महानगरपालिकाले साकार पारेको बताउनुभयो ।

कर्माचार्यले हिजो काठमाण्डौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरमा गर्नुभएको रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउने निर्णयले आफूले एउटा शुरुवाती युद्ध जितेको अनुभव गर्नुभएको हो ।

“म एक्लै लागि रहे मानवीय जीवन बचाउनकालागि रगत र रक्ततत्व सरकारले निःशुल्क गर्नुपर्छ भनेर धेरैले यो मेहेनत खेर जान्छ भने तर आज एउटा मेहेनत साकार भएको छ । यस्कालागि मेयर बालेन्द्र शाहलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यो त संघीय सरकारले गर्नुपर्ने हो तर, स्थानीय सरकारले शुरु गरेको छ यसका लागि म महानगरपालिका प्रति हार्दिक आभार प्रकट गर्दछु । मेरो यो अभियान देशभर नै रगत र रक्ततत्व निःशुल्क हुनुपर्छ भन्ने हो जसका लागि हामी संगठित भएर लागि परेका छौ ।“ महानगरपालिकाले आज नै महानगर भित्र रगत र रक्ततत्व नि:शुल्क बनाउने घोषणा गरेको छ ।

महानगरमा रगत निशुल्कको घोषणा

Like