धरानमा गाई काट्नेलाई कारवाहीको माग गर्दै प्रदर्शनकारीद्वारा गृहमन्त्रीको राजीनामा माग

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ९,

मुलुकमा हिन्दुधर्म समर्थकहरुले गाई गोरु काट्नेलाई कारवाही गर, हिन्दु राष्ट्र कायम गर, सद्भाव भाड्ने धरानका मेयर मुर्दावाद, गृहमन्त्री राजीनामा देऊ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्। नेपालका प्रथम जगत गुरु बालसन्तको नेतृत्वमा हिन्दुधर्म समर्थकहरुले गाई गोरु काट्नेलाई कारवाही गर, हिन्दु राष्ट्र कायम गर, सद्भाव भाड्ने धरानका मेयर मुर्दावाद, गृहमन्त्री राजीनामा देऊ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्। धरानमा गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दुधर्म समर्थकहरुले प्रदर्शन गरेका छन्। शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि उनीहरुले इटहरीमा प्रदर्शन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो राति १२ बजेदेखि आज राती १२ बजेसम्म निशेषाज्ञा जारी गरेपछि धरानलाई प्रहरीले चौतर्फी घेराबन्दी गरेर शान्ति सुरक्षा प्रदान गरेको छ। जगत गुरु बालसन्तले प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्न प्रतिबन्ध लगाएको आरोप लगाए। धरानमा केहिदिनदेखि गौमाताको हत्या गरिरहेकोले गौमातको रक्षा गर्न र सामाजिक सद्भाव नबिथोलियोस् भनेर धरानमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिएको बताए। बालसन्तले गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेका छन्। आदिबासी जनजाती महासंघ धरान नगर समितिले मंगलबारेमा गाई गोरु काटेर भोज गरेको भिडियो सामाजिक सञ्जालमा हालिपछी हिन्दुधर्म समर्थकहरु आन्दोलित भएका हुन्। देशभरीबाट धरानमा विरोध प्रदर्शन गर्न आउँदै गरेका प्रदर्शनकारीहरुलाई प्रहरीले बिच बाटोमै रोकिदिएको छ। धरान, इटहरी, इनरुवा, बराहक्षेत्र लगायतबाट भेला भएका प्रदर्शनकारीहरुले विरोध गरिरहेका छन। उनले सरकारले संविधानको रक्षा गर्न नसकेको पनि आरोप लगाए। धरानमा गाई काटेर कानुनलाई खुल्ला चुनौती दिँदासमेत राष्ट्रिय जनावर गाई काट्नेलाई कारवाही नगरिएको घटनाले सरकारले संविधानको रक्षा गर्न नसकेको बालसन्तको आरोप छ। प्रदर्शनकारीहरुलाई धरान प्रवेशमा रोक लगाउँदै तरहराको पानीपियामा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राई र सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी प्रेम सिग्देलको नेतृत्वमा ५ सय भन्दा बढी प्रहरीले धरान जान रोक लगाएका छन्। धरानमा ५ हजार भन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएपछी धरान शान्त बनेको छ। धरानमा सामाजिक सदभाव भड्किन नदिन कोशी, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाबाट थप प्रहरी ल्याएर शान्तिसुरक्षा मजबुत पारिएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताए। गाई काट्नेलाई कारवाही नगरेको भन्दै प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन्। यस्तै अधिराज्यका सबै जिल्लामा पनि प्रदर्शन गरिएको थियो ।

Like