विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको पौषदेखि हिन्दु राष्ट्रका लागि आन्दोलन गर्ने बैठक सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ६,

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको बैठक समितिका केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षता बस्यो । बैठक जिल्ला अध्यक्ष लगायत पदाधिकारीहरुको प्रगति तथा विभिन्न भइपरि आएका कठिनाईहरु र त्यसका समाधानहरु के के रहन सक्छन् भन्ने विषयमा केन्द्रित रहेको विश्व हिन्दु महासंघका राष्ट्रिय समितिका महासचिव रामचन्द्र तिवारीले जनाउनु भएको छ । जिल्ला अध्यक्ष बोल्ने क्रममा काठमाण्डौ जिल्ला अध्यक्ष रेखा अर्यालले आफुले गेरेका क्रियाकलाप र प्रगति तथा भावी योजना विषयमा बोल्दै रहेको समेत महासचिव तिवारीले जनाउनु भएको छ । यस्तै काभ्रेपलान्चोक जिल्ला अध्यक्ष प्रविण कुमार धितालले विश्वको एक मात्र हिन्दु कायम गर्न विभिन्न टोलि बनाई प्रत्येक जिल्लाबाट केन्द्रमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रले सच्याउने कुरालाई सच्याउन अनुरोध गर्नुभयो । विभागिय स्वरुपमा संयोजक तोक्दा सो विभागसम्बन्धि अनुभवी ब्यक्तिलाई मात्र तोकिनु पर्ने सुझाव दिनुभयो । काभ्रेपलान्चोक जिल्ला ११ तहसम्म संगठन गठन भइसकेको जानकारी समेत जानकारी दिनुभयो ।

महासंघका निवर्तमान उपाध्यक्ष भरत राज पौडेलले काभ्रेपलान्चोक जिल्ला अध्यक्ष प्रवीण कुमार धितालले गरेको क्रियाकलापमाथी प्रसंसा गर्दै पदको गरिमालाई राख्न पनि मैले राजिनामा दिएको हो भन्नुभयो । विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल कायम गर्न अधिराज्यका सबै जिल्लाहरुमा प्रशिक्षण गराउनु अति आवश्यक छ त्यसको जिम्मेवारी मलाई दिईयो भने म त्यसलाई सक्षम गरेर आउने छु भन्दै महर्षी फाउन्डेसनले विश्व हिन्दु महासंघलाई गुरुकुलको अवधारणा राख्न अनुरोध गरेको छ त्यसलाई जोड दिनुहोस् भन्नुभयो । ललितपुर जिल्ला अध्यक्ष रवि खनालले हिन्दु राष्ट्र नेपालको संस्कृति अनुरुप धर्म परिवर्तन गर्ने र गराउनेहरुलाई पशुपतिनाथको आर्यघाटमा दाहसंस्कार गर्न र गराउन नदिने हामिमा एकता हुनुपर्नेमा जोड दिनुभयो । विधान पनि संशोधन गर्नु आवश्यक देखिएको छ भन्नुभयो ।

भक्तपुर जिल्ला अध्यक्ष कृष्ण बहादुर खत्रीले भक्तपुर जिल्ला विभिन्न मठमन्दिरले भरिपुर्ण भएको धार्मिक पर्यटकीय नगरी हो जहाँ धर्म, संस्कृती, परम्परा, रितिरिवाज संस्कार अनुसार संगठन विस्तार हुने बताउनुभयो । महासंघका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख प्रविन घिमिरेले ४ जिल्लाका माहासंघका अध्यक्ष अति नै जुझारु र सक्षम भएकाले म हार्दिक बधाई दिन चाहन्छु भन्दै यो अब उहाहरु अझ क्रियाशिल भएर लाग्नेछन भन्ने हामिलाई लागिरहेको बताउनुभयो । हामी सबै विश्व हिन्दु महासंघका पदाधिकारीलगायत सबैजना पौषदेखि आन्दोलनमा होमिनुपर्ने बताउनुभयो ।

महासंघकि काठमाण्डौ महानगर अध्यक्ष सरला अधिकारिले श्रावण महिनाको महत्वलाई मध्येनजर राखेर बोलबम कलश यात्राको आयोजना राखेको जानकारी गराउदै धर्म, संस्कृतिअनुसार हामी अगाडि बढ्ने र महानगरलाई अभिन्न अंगको रुपमा दिने कुरा बताउन?भयो । बैठकको सभापतित्व गरिरहनु भएका केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीले बैठक समापन गर्दै उपस्थित सबैमा आआफ्नी तर्फबाट योगदान दिनुहुन निर्देशन दिनुभयो ।

Like