आजबाट नेसपाको केन्द्रीय समिति बैठक

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २५,

मुलुकमा नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ। डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाकाे बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ। उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ। सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन्।

Like