सांग्रिला डेभलमेन्ट बैंकको वातावरण दिवसको अवसरमा साइकल र्‍याली

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २०,

मुलुकमा विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले सइकल र्यालीको आयोजना गरेको छ । सो बैंकले डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको सहकार्यमा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने नाराका साथ शनिबार साइकल र्यालीको आयोजना गरेको हो । उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरु गरीे लगभग ४०० भन्दा बढीको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साईकल र्यालीको शुरुवात गरेका थिए । बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट सुरु भएको र्याली गैरीधारा, नारायणचौर,नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेरे सम्पन्न भएको थियो ।

Like