दक्षिण एशियाली योग प्रतियोगिता २०८० बृहत छलफल बैठक सम्पन्न
रासंसा/काठमाण्डौ, ज्येष्ठ १५,
दक्षिण एशियाली योग प्रतियोगिता २०८० को बृहत छलफल बैठक होटल आनन्द पशुपति (नेपाल भारत मैत्री धर्मशाला) तिलगंगा काठमाण्डौमा सम्पन्न भयो । योग खेलकुद संघ का केन्द्रिय समिती सदस्यहरु, उपत्यकाको जिल्ला समिती सदस्यहरु एबम आयोजक टिम सबैको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको थियो । योग खेलकुद संघ काठमाण्डौ जिल्ला अध्यक्ष केदारमान राजभण्डारीको संयोजकत्वमा भएको बैठकमा केन्द्रीय अध्यक्ष डा. सूर्यबहादुर कार्कीलगायतका पदाधिकारीहरुको उपस्थिति थियो । दक्षिण एशियाली योग प्रतियोगिता २०८० यहि आउदो ज्येष्ठ २५ गते देखि २७ गतेसम्म हुने छ । प्रतियोगितामा एशियाली मुलुकका योग खेलाडीहरु सहभागी हुने छन ।





Like