शनिबार भारतलाई बेचियो करिब १०० मेगावाट बिजुली, प्राधिकरणले भारतमा बिजुली निर्यात पुन: सुरु गर्यो
रासंसा/काठमाण्डौ, जेष्ठ १३,
शनिबार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाकारी दिए । प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको भट्टराईले जानकारी दिए । ‘शनिबार हामीले करिब १ सय मेगावाट जति बिजुली भारत पठाएका हौं,’ उनले भने ‘अब केही दिन प्रसारण लाइनको अवस्था जाँचका लागि निर्यात गर्देनौँ । सोपश्चात बढी भएमा निर्यात गर्ने हो ।’ नेपाल विद्युत प्राधिकरणले शनिबारबाट भारतमा विद्युत निर्यात सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको जानकारी दिए । हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।