भारतीय रिजर्व बैंकको २००० को नोट नचलाउने घोषणा

Share to:

एजेन्सी,

भारतमा दुई हजारको नोट नचल्ने भएको छ। भारतीय रिजर्व बैंकले २००० को नोटलाई नचलाउने निर्णय गरेको हो। तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न आग्रहसमेत गरेको छ। भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजारको नोट सटही गर्न सक्नेछन्। भारत सरकारले यसअघि ५०० र १००० नोटमा प्रतिबन्ध लगाएको थियो। सोहीबेला देखि २००० को नोट प्रचलणमा ल्याइएको थियो।

Like