तनहुँमा ट्राफिक सप्ताह शुरु

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, बैशाख २८,

तनहुँमा सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणकालागि ट्राफिक सप्ताह कार्यक्रम अायोजना गरिएको छ। गण्डकी प्रदेशको अान्तरिक मामिला तथा कानुन मन्त्रालय कास्की , ट्राफिक प्रहरी कार्यालय गंगनगौडा र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको सहकार्य तथा समन्वयमा ब्यास नगर मा प्रभातफेरि कार्यक्रम गरिएको हो ।उक्त कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अधिकाशं सवारी चालकले सवारीसाधन चलाउदा अत्याधिक मादक पदार्थ सेवन गरि बेहोसी भै अकालमा ज्यान गुमाउने गरेको बताए । सवारीसाधन चालकले अनिवार्य लाईसन,बिलबुक र रुटप्रमिट लिएर हिड्न जरुरी रहेको बताउदै पैदल यात्रा गर्दा ट्राफिक नियमको पालना गरि जेब्रा क्रसिङ र ट्राफिक संकेतको पालनागर्न सुझाब दिए।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अबदेश विष्टले पृथ्वी राजमार्गमा हुनेगरेको अत्याधिक सवारीसाधन दुर्घटनाको प्रमुख कारण साघुरो बाटो नै भएको बताए ।

सवारीसाधन चालकले अत्याधिक मादक सेवन गरि सवारी चलाउने ,पैदल यात्रुले दायाँबायाँ नहेरी हतारमा बाटो काट्दा ,अोभर स्पिड गरि सवारीसाधन चलाउदा र सिकारुहरुले सवारी साधन चलाउदा अकालमा ज्यान गुमाउन बाध्य भएको बताए । जाने बुझेकाहरुले पनि ट्राफिक नियमको पालना नगरि जबर्जस्ती ट्राफिक संकेतको वेवास्थागरि सवारीसाधन चलाउदा दुर्घटनाको सिकार हुन बाध्य भएको बताए । सडक सुरक्षा हामी सबैको रक्षा,सुरक्षा सोचौ दुर्घर्टनाबाट बचौ ,भन्ने मुल नारालाई सबैले अात्मा साथ गर्न जरुरी भएको बताए । कार्यक्रममा विभिन्न सरकारी,निजी विधालयका शिक्षक तथा विधार्थी,उघोगी ,ब्यवसायी ,पत्रकार ,नेपाली सेना ,विभिन्न कार्यालयका कर्मचारी तथा धार्मिक सम्प्रदायका प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।कार्यक्रम बैशाख ३१ गते सम्म चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए ।

Like