आज पनि प्रचण्ड–ओली छलफल गर्दै
रासंसा/काठमाण्डौ, बैशाख २२,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नक्कली भुटानी शरणर्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रचण्ड ओली भेटवार्ता बाक्लो हुन थालेको हो । बिहीबार पनि दुई नेताबीच सिंहदरवारमा भेटवार्ता भएको थियो । बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन ? भनेर प्रश्न गरेका थिए । ‘दिउँसो ३ बजे सिंहदरवारमा भेटवार्ता गर्नेगरी समय तय भएको छ । भेटवार्ताको एजेण्डाबारे थाहा छैन’, प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ ।