२१३ किलो गाँजा लागु औषध जनप्रतिनिधि वडाध्यक्षसहित ३ जना पक्राउ
रासंसा/मकवानपुर, बैशाख १८,
मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ७ स्थित डाडा बासबाट २१३ किलो गाँजा सहित तिन जनालाई सिआईबी ले पक्राउ गरेको छ । लागु औषध गाँजा घरमा रहेको अवस्थामा सूचक जानकारी पाएपश्चात सिआईबी टोलि थाहा नगरपालिका वडा नम्बर ७ स्थित डांडाबास जनप्रतिनिधि वडा अध्यक्ष शिवराज थिंगसहित ३ जनालाई २१३ किलो गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका शिवराज थिंग, भिमलाल थिंग र इन्द्र अबहादुर थिंग छन् । उनीहरु वडा अध्यक्ष सिभ राज थिंगका बुबा र काका पर्दछन । बरामत लागु औषध २१३ किलो गाँजा सहित पक्राउ परेका तिनै जना इलाका प्रहरी कार्यालय पालुंगमा अनुसंधानसंगै राखिएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि भोलि काठमाण्डौ चलानी गरिने जनाएको छ ।
Like