काठमाडौं महानगर आफ्नै देशको जनताले बनाएको पालिका हो, सर्वोच्चको फैसलापछि बालेनको स्टाटस
रासंसा/काठमाण्डौ, बैशाख ८,
मुलुकमा काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौं महानगर आफ्नै देशको जनताले बनाएको पालिका भएको बताएका छन्। उनले लेखेका छन्,’१० महिना देखी शुभ समाचार दिदै आएको महानगरपालिका। काठमाडौं महानगरपालिका। सत्य, तथ्य, ईमान्दार पालिका। देशको पालिका, आफ्नै देशको जनताले बनाएको पालिका।’ शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहले आफ्नै देशको जनताले बनाएको पालिका भएको बताएका हुन्। शुक्रबार मात्रै सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरलाई आदेश दिएको थियो। त्यसपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सर्वोच्चमा रिद दर्ता गरेका थिए। संघीय सरकारले आफूलाई सहयोग नगरेको भन्दै मेयर बालेन शाहले सिंदरबाभित्रबाट फोहोर नउठाउन निर्देशन दिएका थिए।