महान्यायाधिवक्ता कार्यालयले पनि रवि लामिछानेविरूद्धको राहदानी मुद्दामा मुद्दा नचलाउने

Share to:

रासंसा/काठमाण्डौं, चैत्र ६,

मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ। महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन्। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले लामिछानेविरुद्धकाे मुद्दा महान्यायाधिवक्ता दिनमणि पोखरेलले नचलाउने निर्णय गरेकाे बताए। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला सरकारी वकिल कार्यलयलाई लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै प्रतिवेदन गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो। लामिछानेले अमेरिकी नागरिक हुँदाकै बखत पुरानै नेपाली नागरिकताबाट नेपाली राहदानी लिएको विषयमा प्रहरीमा उजुरी परेको थियो। त्यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो। प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयलाई एक साताअघि प्रतिवेदन पठाएको थियो। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेविरुद्ध नागरिकता विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। सर्वोच्चको फैसलापछि उनको सांसद, गृहमन्त्री र पार्टी सभापति पद गुमेको थियो।

Like