अन्य थपअपराधदेशमुख्य समाचारराजनीति

पूर्व अर्थमन्त्री विष्णु पौडेल विशेष अदालतको आदेशपछि रिहा

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १,

मुलुकमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतको आदेशपछि रिहा भएका छन् । अदालतले बिहीबार उनलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् । विशेष अदालतले प्रारम्भिक रूपमा थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै उनलाई साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उनी करिब २५ दिन हिरासतमा बसेपछि अदालतको आदेशअनुसार रिहा भएका हुन् ।

Like