हङकङको जनसङ्ख्या घट्दो क्रममा
एजेन्सी,
सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ। यसैबीच,हङकङले चिनियाँ मुख्य भूमि र विश्वका अन्य देशबाट पर्यटक भित्र्याउन कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएपछि यहाँको अर्थतन्त्र गतिशील हुने ठानिएको छ। पाँच लाख पर्यटकलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने घोषणा विशेष प्रशासनिक क्षेत्र सरकारले गरेको छ। सन् २०२२ को अन्त्यमा यहाँको जनसङ्ख्या ७३ लाख ३३ हजार दुई सय अभिलेखीकरण भएको थियो। त्यस वर्ष ३२ हजार पाँच सय शिशुको जन्म भयो भने ६२ हजार एक सय जनको मृत्यु भएको जनगणना विभागले बताएको छ। कोराना महामारीका कारण मृत्युको अनुपात बढेको अनुमान गरिएको छ।
Like
