अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

स्वयंसेवी शतक प्रेमसागर कर्माचार्यको प्रमिझ आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न

Share to:

३ फागुन ललितपुर/ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा अल्का अस्पतालकाे १७अाैं वार्षिकोत्सब अस्पतालकाे सभा कक्षमा आयोजना गरि मनाइयाे ।
साथै उक्त अवसरमा वर्षेनी आयाेजना हुने रक्तदान कार्यक्रमकाे शुभारम्भ अस्पताल प्रयोगशाला प्रमुख नवराज थापालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि गर्नुभएको थियोे ।
अस्पतालका कार्यकारी सञ्चालिका विद्या श्रेष्ठ थापाकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा अतिथिहरू क्रमशः लायन्स रक्त सञ्चार सेवाका अध्यक्ष रूद्रहरि ज्ञावाली,डा.शिवचन्द्र अमात्य र राजेन्द्र गिरी हुनुहुन्थ्यो । ईन्दिरा बरूवालद्वारा उद्घाेषित साे वार्षिकोत्सबकाे उपलक्ष्यमा आयाेजित रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५० जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो ।

Like