अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आज शुक्रबारदेखि रसुवागढी नाका बन्द

Share to:

रासंसा/काठमाण्डौ, माघ ६,

मुलुकमा चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी शुक्रबारदेखि बन्द भएको छ। चिनियाँ नयाँ वर्षका कारण चीनले नाका बन्द गरेको हो। हरेक १५ दिनमा नेपाली सामग्री चिनियाँ बजारमा निर्यात समेत हुने गरेको छ। एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ। एक महिनामा छ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको रसुवा भन्सार कार्यालयले जनाएको छ। रसुवा भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीका अनुसार शुक्रबारदेखि माघ २० गतेसम्मका लागि नाका बन्द गरेको हो। आउँदो आइतबार चिनियाँ नयाँ वर्ष सुरु हुँदैछ। पछिल्लो समय नाकाबाट दैनिक १४ वटा चिनियाँ ट्रेलरले सामग्री आयात गर्दै आएका छन्। कोरोना महामारीका कारण २०७६ माघ २५ देखि २०७७ जेठ २२ सम्म रसुवागढी नाका बन्द भएको थियो। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। यस नाकाबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। २०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए।

Like