अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

कर्णालीमा वित्तीय सेवा अपर्याप्त

Share to:

रासंसा/काठमाण्डौ, पौष ३०,

मुलुकमा वित्तीय सेवा तथा सुविधामा कर्णाली प्रदेश अझै पनि निकै पछि देखिएको छ। नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार कर्णालीमा वित्तीय सेवा तथा सुविधाहरू पर्याप्त मात्रामा नरहेको देखाएको छ। डोल्पामा कुनै पनि बैंकको एटीएम मेसिन नरहेको प्रतिवेदनमा उल्लेख छ। प्रदेशका सबै जिल्ला तथा क्षेत्रमा विद्युत् आपूर्ति साथै इन्टरनेट पहुँच पुगिनसकेको हुँदा एटीएम मेसिनलाई सोलार ऊर्जाले धान्न गाह्रो हुने तथा एटीएम बिग्रेको अवस्थामा समयमा मर्मत सम्भार हुन नसक्दा बैंकको प्रतिष्ठामा ह्रास आउने डरले बैंकहरू एटीएम बुथका लागि अग्रसर नभएको बताइएको छ। यद्यपि एटीएम मेसिन संख्या कम भएकाले पनि यहाँको वित्तीय सेवा अझ कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७६ (प्रथम संशोधन २०७९ सहित) अनुसार डोल्पा जिल्लामा कुनै पनि बैंकको एटीएम मेसिन नरहेको औंल्याएको छ। राष्ट्र बैंक, सुर्खेत कार्यालयका उपनिर्देशक विनय सिग्देल आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित सूचना एवं तथ्यांकको विश्लेषणबाट देशको आर्थिक विकासको अवस्था, यसको आधार एवं गुणस्तरको जानकारी प्राप्त गर्न सो अध्ययन गरेको बताउँछन्।
यसैगरी, हुम्ला र मुगुमा बैंकका २ वटा मात्रै एटीएम मेसिन छन्। कालीकोटमा ४ वटा, जाजरकोटमा ५ वटा तथा दैलेखमा ८ र जुम्लामा ९ वटा एटीएम मेसिन छन्। त्यस्तै, रुकुम पश्चिम, सल्यान र सुर्खेतमा क्रमशः १० वटा, ११ वटा र ३७ वटा एटीएम रहेका छन्। समग्रमा कर्णाली प्रदेशमा जम्मा ८८ वटा मात्र एटीएम मेसिन रहेको अध्ययनले देखाएको छ। यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका ४ सय ५५ शाखा रहेका छन्। गत आर्थिक वर्ष २०७७/७८ को सोही वर्षसम्म यस प्रदेशमा जम्मा ४ सय ६ वटा शाखा मात्र रहेका थिए। एक वर्षमा ४९ नयाँ शाखा विस्तार भएका हुन्। शाखारहित बैंकिङ ४१ वटा छन्। प्रतिवेदनअनुसार यस्तो सेवा प्रवाहमा सुर्खेत सबैभन्दा अगाडि रहेको छ, यहाँ १६ वटा शाखारहित बंैकिङ रहेको देखिन्छ। यसैगरी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड २०७९ असार मसान्तसम्ममा कर्णाली प्रदेशमा जम्मा २ लाख ५४ हजार ६ सय ७२ डेबिट कार्ड प्रयोगकर्ता रहेका छन्। आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा सो प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप, गत आर्थिक वर्षको सोही वर्षको निक्षेपको तुलनामा ५.८७ प्रतिशतले वृद्धि भई रु. ६० अर्ब ३२ करोड ७८ लाख ६० हजार पुगेको छ। अघिल्लो वर्षमा यस्तो निक्षेप ३६.२४ प्रतिशतले वृद्धि भई रु. ५६ अर्ब ९८ करोड ३३ लाख ६० हजार पुगेको थियो। सो अवधिमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको प्रतिवेदनमा उललेख छ। यद्यपि, राष्ट्रियस्तरमा नै देखिएको तरलता अभावका कारण अनुमान गरेबमोजिम निक्षेप संकलन भएको पाइँदैन। यद्यपि यसबीच कुल कर्जा भने ७.०१ प्रतिशतले बढेर ५४ अर्ब ९२ करोड ९४ लाख ६० हजार रुपैयाँ पुगेको छ। सबैभन्दा बढी सुर्खेतमा १ लाख २९ हजार २ सय ६६ र सबैभन्दा कम डोल्पा जिल्लामा ३ हजार ३ सय २४ डेबिट कार्ड प्रयोगकर्ता रहेका छन्। त्यस्तै, २०७९ असार मसान्तसम्ममा यस प्रदेशभर जम्मा २ हजार ५ सय ८५ जना क्रेडिट कार्ड प्रयोगकर्ता रहेको देखिन्छ। सबैभन्दा बढी क्रेडिट कार्ड प्रयोगकर्ता सुर्खेत जिल्लामा १ हजार ८ सय ५ जना र सबैभन्दा कम हुम्ला जिल्लामा १५ जना रहेका छन्। घ) मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ २०७९ असार मसान्तसम्ममा कर्णाली प्रदेशमा ५ लाख ५६ हजार १ सय ९० जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन्। सबैभन्दा बढी अर्थात् २ लाख २२ हजार ७ सय ३२ मोबाइल बैंकिङ प्रयोगकर्ता सुर्खेतमा र सबैभन्दा कम प्रयोगकर्ता डोल्पा जिल्लामा १३ हजार ४ सय ४० जना रहेका छन्। यस प्रदेशमा निक्षेपकर्ताको संख्या २८.७७ प्रतिशतले वृद्धि भएर १६ लाख ८८ हजार ९ सय ६५ पुगेको छ। यस्तै, ऋणीहरूको संख्या २३.०७ प्रतिशतले वृद्धि भई ५२ हजार ९ सय १९ पुगेको छ।

Like