नेकपा माओवादी केन्द्रको एक रात नबित्दै उल्टियो निर्णय

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १९,

मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले एक रात नबित्दै आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्य गर्न सबै विकल्प खुला रहेको जानकारी पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए । तर आइतबारको बैठकपश्चात् पार्टी महासचिव देव गुरुङले पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको भन्दै महराको अभिव्यक्तिको खण्डन गरेका छन् । पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेका माओवादी केन्द्रको निर्णय आइतबारको बैठकबाट भने खण्डन गरिएको छ । महासचिव गुरुङले बैठकमा निर्वाचनसम्बन्धी सबै पक्ष’bout समीक्षा भएको तर अहिलेको गठबन्धनको विकल्प’bout पार्टीमा कुनै समीक्षा नगरेको दाबी गरेका छन् महासचिव गुरुङले गठबन्धनको कतिपय क्षेत्रमा अपेक्षाकृत नभए पनि मूलभूत रूपमा उपलब्धिमूलक रहेको दाबी गर्दै सरकार गठनको विषयमा प्रवेशसमेत नगरेको दाबी गरेका छन् । तर, पनि सरकार गठन’bout विकल्प’bout कुराकानी भएकै छैन ।’ गठबन्धनमा असहमति पैदा नभएको बताउँदै उनले सोमबारको गठबन्धनको बैठकमा विस्तृत छलफल हुने बताए । सोमबार बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै छ । सो बैठकमा चुनावी समीक्षासहित सरकार निमार्ण’bout छलफल हुनेछ । आगामी सरकारको नेतृत्व गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्न आन्तरिक छलफलमा छन् । तर, प्रवक्ताले चुनावी समीक्षासहित सरकार गठन’boutसमेत छलफल भएको बताएका थिए । ‘गठबन्धनको विकल्प’bout कुरा सुरु भएकै छैन । अहिले गठबन्धन नै यथावत् भएकाले गठबन्धनभित्रबाटै पहिलो प्रयास स्वतः हुन्छ,’ उनले भने, ‘हिजो (शनिबार) कुन प्रसंगमा कुरा आयो थाहा भएन । हिजो प्रवक्ताज्यूले बोल्ने क्रममा पत्रकार साथीसँगको अन्तत्र्रिmयामा कसरी व्यक्त भयो त्यो सबै बुझ्न पाइएन । यस्तै, कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइरालाका साथै महामन्त्री गगनकुमार थापालगायतका नेता कांग्रेसको संसदीय दलको नेता बनेर प्रधानमन्त्री हुने दौडमा रहेका छन् ।

Like