स्याङ्जा-१ मा कांग्रेसका भोजराज अर्याल जीत नजिक

Share to:

रासंसा/स्याङ्जा, मार्ग १६,

मुलुकमा स्याङ्जा क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा (१) तर्फ कांग्रेसका भोजराज विजयोन्मुख रहेका छन्। झण्डै गणना हुने मत बराबर अंकले अर्यालको अग्रता छ। अर्यालले १३ हजार ८४७ मत पाउँदा रेग्मीले ११ हजार १९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश १ अन्तरगत रहेका १९ वडामध्ये अब वालिङ् नगरपालिका १४ मा मात्र गणना हुन बाँकी छ। गल्याङ नगरपालिका ६,७, भीरकोट नगरपालिकाको ५, ६, ७, ८, ९, वालिङ नगरपालिकका ७, ८, ९, १०, ११, १२ र १३ का मत गणना भैसकेका छन्। प्रदेश अन्तरगत २ हजार ८४४ मत गन्न बाँकी रहँदा आफ्ना प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका मोहन रेग्मीलाई २ हजार ६५२ मतले पछि पार्दै अग्रता लिएका हुन्।

Like