अन्य थपमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

छाला क्यान्सरबारे सचेतना फैलाउन २५ सय मानिसले गरे सिड्नीमा नग्न फोटोसुट

Share to:

एजेन्सी,

विश्वमा सिड्नीको बोन्डी बिचमा करिब २,५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन्। छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले उक्त कार्य गरिएको हो । उक्त कार्यको उद्देश्य अष्ट्रेलियाका मानिसहरूलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु भएको बताइएको छ। अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्बिर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहेका छन्। विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार अष्ट्रेलिया छालाको क्यान्सरबाट सबैभन्दा बढी प्रभावित देश हो। कार्यक्रममा भाग लिने ७७ वर्षीय ब्रुस फिशरले एएफपी समाचार एजेन्सीलाई भने, ‘मलाई लाग्छ यो राम्रो विचार हो। मलाई बोन्डी बीचमा कपडा फुकाल्न यसै पनि मन पर्छ।’ स्थानीय समय अनुसार शनिबार ३.३० बजे स्वयंसेवकहरू समुद्र तटमा भेला भए र नग्न पोज दिएका हुन्। फोटोग्राफर ट्युनिक संसारभरका प्रसिद्ध स्थानमा कलात्मक नग्न तस्बिर खिच्ने व्यक्ति भनी चिनिन्छन्।

Like