अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलस्वास्थ्यहेडलाइन

ग्रामिण भेगको डाँडाबासमा रक्तदान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/मकवानपुर, भाद्र ३१,

मुलुकमा सभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल, राष्ट्र संरक्षण साप्ताहिक, पशुपति अन्नपुर्णा आश्रम एवं स्वतन्त्र पत्रकार संघ नेपालको संयुक्त आयोजनामा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ७ स्थित सुन्दरिदेवी मा. बि. डाँडाबासमा आयोजित रक्तदान कार्यक्रम रिटायर्ड क्लब नेपालका थाहा नगरपालिका अध्यक्ष दशारह सिंजाली मगरको संयोजकत्वमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष तथा सम्पादक के. बि. सम्राटको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव एवं राष्ट्रिय नागरिक विकास समाजका अध्यक्ष महेश जंग कुँवरको प्रमुख आतिथ्यता थियो । विशेष अतिथिको अतिथ्यता नियमित ३/३ महिनामा रक्तदान गरेर १७१ औं पटक रक्तदान संख्या पुराउनु भएका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष रक्तसतक प्रेम सागर कर्माचार्यको थियो । विशेष अतिथिकै आतिथ्यता पह्सुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको थियो । अतिथिहरुमा सुन्दरिदेवी मा. वि. का प्रधानाध्यापक हरिकृष्ण कार्की, नेपाल स्वयंसेवी तक्तदाता समाजका सदस्य राम रंजित, पत्रकार मिन बहादुर कुँवर, विद्यानाल्याका शिक्षक शिक्षिकालगायत अभिभावकहरुको उपस्थिति थियो । कार्यक्रमको समुद्घाटन विशेष अतिथि स्रवयंसेवी रक्त प्रेम सागर कर्माचार्यले रगतको थैली प्रमुख अतिथि महेश जंग कुँवरलाई हस्तान्रण, पमुख अतिथिले कार्यक्रम सभापति वरिष्ठ समाजसेवी के.बि. सम्राटलाई, के. बि. सम्राटले अतिथि प्रधानाध्यापक हरिकृष्ण कार्कीलाई र हरिकृष्ण कार्कीले रक्तदातालाई हस्तान्तरण गरि समुद्घाटन गरिएको चियो । कार्यक्रममा १७१ औं पटकसम्म रक्तदान गर्ने विशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष रक्तसतक प्रेम सागर कर्माचार्यलाइ सम्मान गरिएको थियो । सम्मानित कर्माचार्यले आयोजक संस्थालाई धन्यवाद दिंदै प्रत्येक नागरिकले आफ्नो १८ वर्ष पुगेको उपलक्षमा जन्मदिन मनाउन रक्तदानबाट शुरु गर्ने बानि बानि बसाउने र प्रत्येक ३/३ महिनामा रक्तदान गरे हामी सबैलाई रगतको अभाव नहुनेमा दुइ मत नरहेको बताउनु भयो ।अतिथि सुन्दरिदेवी मा. वि. का प्रधानाध्यापक हरिकृष्ण कार्कीले काठमाण्डौदेखि आएर यस विद्यालयमा रक्तदान गर्ने आयोजक संस्थालाई धन्यवाद दिंदै यस्तो गरिमामे कार्यलाई तँ मन र धन पनि खर्च गरि विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमको आयोजन्ना गरि सम्पन्न गराएमा शिखा मुलक र चेतना मुलक हुने बताउनुभयो ।आगामी दिनहरुमा रक्तदानको कार्यक्रम लिएर आएको खण्डमा विद्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रमुख अत्तिथिको आसनबाट स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव एवं राष्ट्रिय नागरिक विकास समाजका अध्यक्ष महेश जंग कुँवरले आयोजित संस्था मलाई प्रमुख अतिथिको आतिथ्यता ग्रहण गराएर यस्तो गरिमामय कार्यक्रममा सहभागी बनाएकोमा आभार ब्यक्त गर्दै आगामी दिनहरुमा यस्ता परोपकारी कार्य गर्न सबैलाई आह्वान गर्नुभयो । आयोजित संस्थाले यस्तो ग्रामिण भेगमा पनि आएर रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने कार्यमा लागि उत्कृस्ट कार्य गरेकोमा परोपकारी कार्यको कर्ताब्यनिस्ट भएको बताउनुभयो । कार्यक्रममा उल्ल्याख्य मात्रामा रक्तादाताहरुको उपस्थिति थियो ।

Like