नेपाल बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटी गठन

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १२,

मुलुकमा नेकपा एमालेकाे भ्रातृ संगठन नेपाल बुद्धिजीवी परिषद्अन्तर्गत परिषद्को जिल्ला कमिटीले काठमाडौं महानगर कमिटी गठन गरेको छ । जिल्ला कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले साे महानगर कमिटी गठन गरेको हो । पहिलो पटक गठन भएको कमिटीकाे नेतृत्व डा. गोपाल धौबन्जारले गरेका छन् भने उपाध्यक्षमा मेनुका खतिवडा चयन भएकी छन् । नेपाल बुद्धिजीवी परिषद् काठमाडौं जिल्ला अध्यक्ष डा. ओमप्रकाश बरालको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि महानगर कमिटीका अध्यक्ष निर्मल देउला, विशिष्ट अतिथि महानगरकी उपमेयर सुनिता डंगोल र अतिथि प्रगतिशील प्राध्यापक संगठनका सचिव देवराज अर्याल रहेका थिए । बैठकमा महानगरपालिका कमिटीका दुई दर्जनभन्दा बढी सदस्यहरुको सहभागिता थियो । नेपाल बुद्धिजीवी परिषद्को विधान अनुसार केन्द्रीय, प्रदेश, जिल्ला र पालिकास्तरीय कमिटीहरु गठन गर्ने व्यवस्था भएअनुरुप साे काठमाडौं महानगरीय कमिटी गठन भएकाे हाे । बौद्धिक क्षेत्रको गतिविधि सञ्चालन, संगठनमा वैचारिक बहस गर्न र अन्तर्राष्ट्रिय परिवेशअनुसार संगठनलाई चलायमान बनाउनका लागि परिषद्ले महत्वपूर्ण भूमिका खेल्न सक्ने परिषद् अध्यक्ष धौबन्जारले बताए ।

Like