यातायात कार्यालयको राजश्व साढे १० करोड बढी उदयपुरमा

Share to:

रासंसा/उदयपुर, श्रावण २१,

मुलुकमा यातायात व्यवस्था कार्यालय उदयपुरले आर्थिकवर्ष २०७८÷७९ को गत असारसम्म साढे १० करोडभन्दा बढी राजश्व संकलन गरेको छ। कार्यालयले यातायातक्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमतिपत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन करलगायत शीर्षकमा १० करोड ६१ लाख ५३ हजार २ सय ६० रुपैंया राजश्व संकलन गरेको हो। उदयपुर यातायात कार्यालयमा आर्थिकवर्ष ०७८-७९ सम्म बिभिन्न किसिमका ८ हजार ५ सय ५८ वटा दर्ता रहेको अभिलेख छ। जसमा सबभन्दा बढी मोटरर्साइलकल ६ हजार ६ सय ९७ दर्ता रहेका छन्। भने स्कुलट १ हजार १ सय ३८ वटा दर्ता रहेको लिम्बुले बताए। पेट्रोल टेम्पो ४ सय ५३, इरिक्सा ७१, टिपर ४४, ट्रक ४०, जीप ३३, बस २७, ट्याक्टर १५, पिकअप १४, कार ९, भने एम्बुलेन्स ४–४ वटा दर्ता भएको यातायातमा मिनी ट्रक, ट्यांकर र कन्टेनर २-२ वटा दर्ता रहेका छन्। स्काभेटर भने एउटा मात्र दर्ता रहेको अभिलेख कार्यालयमा रहेको प्रमुख लिम्बुले बताए। कार्यालय प्रमुख श्यामबहादुर लिम्बुका अनुसार सबभन्दा बढी राजश्व सवारी साधन करवापत संकलन भएको छ। त्यसैगरी दोस्रो ठूलो राजश्व संकलन यातायातक्षेत्र शीर्षकमा उठेको छ। जसमा ३६ लाख ६३ ह जार ५ सय ६२ उठेको छ। भने रजिस्ट्रेसन दस्तुरवापत ९६ हजार ५ सय ६, अन्य प्रशासनिक सेवा शूल्क १० हजार, परीक्ष शूल्क ९ हजार ५ सय र प्रशासनिक दण्ड, जरिवाना र जफत गर्दा ७ हजार उठेको प्रमुख लिम्बुले बताए। कार्यालयको आम्दानी हुने स्रोतहरु सवारी दर्ता, ठाउँ सारी, हेरफेर, पुनः दर्ता, लगत कट्टा, नविकरण, दर्ता प्रमाणपत्र स्थगित, रुट इजाजत जारी, रुट नविकरण, रुट लगत कट्टा र रुट स्थगित, सवारी जाँचपास, प्रतिलिपि जारी, सवारी अनुमतिपत्र जारी, रुट इजाजत र पञ्जीकरणवापत कार्यालयले राजश्व लिने गरेको छ। पछिल्लो वर्ष मात्र ३ हजार ८ सय ९२ सवारी साधन कार्यालयमा दर्ता भएको उनले बताए। गएको असारमा मात्र १ सय ८४ सहित २ सय १ सार्वजनिक सवारी साधन दर्ता भएका छन्। सो अवधिमा दर्ता भएका नीजि सवारी साधनको संख्या ३ हजार ६ सय २७ वटा रहेका छन् भने सरकारी ६४ वटा दर्ता भएका छन्। चालु आर्थिकवर्ष सुरु भएयता साउनको दोस्रो सातासम्म नीजि १ सय ६९ र सार्वजनिक १७ तथा सरकारी ११ वटा साधन दर्ता भएका छन्।

Like