अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

प्रचण्डलाई ओलीकाे प्रश्न: १० वर्षे सशस्त्र द्वन्द्व भनेर हतियार उठाउनुको खास कारण के हो?

Share to:

रासंसा/काठमाण्डौ,आषाढ २५,

मुलुकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड पथ भनेको देशलाई भड्खारोमा लाने पथ भएको आरोप लगाएका छन्। उनले मन्त्रालयमा सचिवले बजेट बनाउन नपाउने तर व्यापारीका मान्छे ल्याएर करका दर र अन्तः शुल्क तय हुनु देश गम्भीर संकटतर्फ उन्मुख भएको प्रमाण रहेको बताए। अध्यक्ष ओलीले शान्त वातावरणमा देश चलाउनसक्ने प्रमाणित एमालेले गरिसकेको बेलामा माओवादी भन्दै हतियार उठाउनुको तुक नरहेको जिकिर गरे। उनले माओवादी सशस्त्र द्वन्द्व केही सिमित व्यक्तिहरुको चाहनापूर्तिका लागि मात्रै लडिएको दाबी गरे। अध्यक्ष ओलीले १० वर्षे सशस्त्र द्वन्द्व भनेर हतियार उठाउनुको खास कारण के हो भन्दै प्रश्नसमेत गरे। उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका राजनीतिक कार्यकर्ता मार्नका लागि हतियार उठाएको आरोप लगाए। उनले अध्यक्ष दाहालले सशस्त्र द्वन्द्वको बेलामा उठाएका हतियारको खास कारण के थियो त्यसको उत्तर दिन चुनौती दिए। पेरुका माओवादीले ३५ हजार आफ्नै कार्यकर्ता मारेर आन्दोलन स्थगित गरेको उल्लेख गर्दै नेपालका माओवादीले भने एमाले, काँग्रेस र कम्युनिष्ट तथा प्रहरी र सेनाहरु मारेको बताए। उनले माओवादीको सशस्त्र द्वन्द्वको लक्ष्य छोटो बाटोबाट चाँडै सरकारमा पुग्ने लक्ष्यमात्र भएको दाबी गरे।
अध्यक्ष ओलीले भने, ‘प्रचण्ड पथ भनेको देशलाई भड्खारोमा लाने पथ हो। प्रचण्ड बुद्धिले मात्रै यस्तो अपराध गर्नसक्छ। यस्ताहरुको बहकावमा अहिले सरकार चलेको छ। दुनियाँमा नभएको तमासा भएको छ। लाज शर्म छैन, उल्टै रोष्टममा मेरो बिरुद्धमा यस्तो भयो, देखौला हेरौँला रे? केपी ओलीको कारण राजीनामा रे रु मैले राजीनामा मागेको छैन। छानिबन गर्नुपर्छ भनेको हो। शान्त वातावरणमा पनि सरका चलाउन सकिन्छ भन्ने कुरा नेकपा एमालेले सरकार चलाएर देखाइसकेपछि माओवादीले हतियार उठायो। केका लागि हतियार उठायो? माग के थिए माओवादीका? माग थिए एउटा गोलमेच सम्मेलन। गोलेमेल सम्मेलन भनेको त्यतिबेला राजतन्त्र थियो, राजतन्त्रसहितको गोलमेल सम्मेलन हुनेभयो। सर्वपक्षीय गोलेमेल सम्मेलन एउटा माग। दोस्रो माग थियो, सर्वपक्षीय, सर्वदलीय सरकार। आफू पनि बस्ने र राजा पक्षका पनि सबै रहेर त्यस्तो सर्वपक्षीय सरकार। तेस्रो संविधान सभा। संविधान सभाको माग गर्नका लागि हतियार उठाउनु पर्छ र? माओवादीले केका लागि हतियार उठाएको थियो? मैले त्यस बेलादेखि सोध्दै आएँ, अहिलेसम्म माओवादी जवाफ दिन सकेको छैन। प्रचण्डले आजको कुरा सुनेर भोलि, पर्सी जवाफ दिए हुन्छ। केका लागि हतियार उठाएको हो? अध्यक्ष ओलीले जनयुद्धका नाममा माओवादीले गरेको हिंसा जनयुद्ध नभएको दाबी गरे। उनले निहीत स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि, कसैको इसारामा, कतैको योजनामा, नेपाली जनताको जीवनमाथि खेलवाड गर्न नेपालमा सशस्त्र द्वन्द्वको नाममा माओवादीले जनहीत विपरितका काम गरेको बताए। अध्यक्ष ओलीले माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि नेकपा एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढंगले हत्या गरेको उल्लेख गरे। अध्यक्ष ओलीले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट भएको र पार्टी कार्यालय बल्खुमा बसेर आफैँले उक्त ड्राफ्ट तयार गरेको दाबी गरे।

Like