बालेन शाहको अग्रता कायमै रहंदा सबै चकित
रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,
मुलुकमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम रहंदा सबै चकित परेका छन् । करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो । उहाँहरूबीच मतको अन्तर ११ हजार २०४ रहेको छ । यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गर्नुभयो । ३ लाख २ सय मतदाता रहेको काठमाडौं महानगरमा १ लाख ९१ हजार मत खसेको थियो ।
Like
