काठमाण्डौ महानगरमा बालेन शाहको अग्रता कायमै
रासंसा/काठमाण्डौ, ज्येष्ठ १,
मुलुकमा काठमाडौ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा भैरहेको छ । दुई वटा गणनास्थलबाट भइरहेकोमा त्यसलाई बढाएर पाँच ठाउँमा गन्न थालिएको छ । ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका केहिको परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणना भइरहेको छ । कम मतगणनास्थल र सिमित गणकका कारण मतगणना ढिलो भइरहेको छ । तर ढिलो मतगणनाले त्यो कार्यतालिका भने प्रभावित हुने देखिएको छ । काठमाडौंमा भैरहेको मतगणनामा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले शुरुदेखि नै अग्रता लिइरहेका छन् । खासगरी महानगर उपमहानगर र नगरपालिकाहरुको मतगणनाको गती ज्यादै सुस्त भएको गुनासो आएको छ । निर्वाचन आयोगले छिटो मतगणना सकेर जेठ ५ गते नै स्थानीय तहको नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पने गरी कार्यतालिका बनाएको छ । यसैगरि ललितपुरमा कांग्रेसका चिरिबाबू महर्जनले २१९ एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत प्राप्त गरेका छन् । ललितपुर महानगरको मतगणना विहानबाट पुनः शुरु गर्ने गरी स्थगित गरिएको छ । पछिल्लो मतपरिणाम अनुसार बालेन्द्रले १२ सय ५४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका केशव स्थापितले ८७८ मत प्राप्त गरेका छन् । महानगरको प्रमुखमा नेपाली कांग्रेसकी सिर्जना सिहले हालसम्म ७ सय १९ मत पाएकी छन् । यसैगरी स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले १८८ मत पाएका छन् । पोखरा महानगर प्रमुखमा एकिकृत समाजवादीमा धनराज आचार्यले ११६ मत ल्याउँदा एमालेका कृष्णबहादुर थापाको १०८ मत छ । यसैगरी भरतपुर महानगर पालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदरवार रेणु दाहालले ५६९ मत प्राप्त गर्दा उनका निकटता प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ५१९ मत पाएका छन् । यस्तै विरगञ्ज महानगर प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंहको ३२० मत हुँदा एमालेका विजय सरावगीको २७० मत छ भने विराटनगरमा कांग्रेसका नागेश कोइरालाको १ हजार ३८ मत हुँदा एमालेका सागरकुमार थापाको ७७४ मत रहेको छ ।