अनौठा रोचक प्रसंग
एजेन्सी,
संसारमा सिर्जित हरेक चिज जसको सन्चालनको आफ्नै नियम छ , जो हामिले न कहिल्यै सोचेका थियौ न सोच्न आवश्यक नै ठान्यौ । आफ्नो दैनिकी जिवन सँग प्रत्यक्ष सरोकार राख्ने यस्ता ज्ञानहरु लिई राख्दा पक्कै पनि काम लाग्न सक्छन ।
१. संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ ।
२. पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।
३. तपाईंले ख्याल गर्नुभएको छ कि छैन कुन्नी , बिश्व प्रख्यात कला “मोनलिसा” को चित्रमा परेली अर्थात् आँखिभौं नै छैन ।
४. औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।
५. स्याउ , आरु , बदाम , स्ट्रबेरी , चेरी , यि सबै फलफुलहरु गुलाब बर्ग मा पर्दछन ।
६. दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।
७. मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त छ ।
८. सलाई को आविस्कार हुनु भन्दा १० बर्ष अगाडिनै लाईटर को आविस्कार भैसकेको थियो ।
९. अक्टोपसको ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत हुन्छ ।
१० पानी बिना उँट जती बाँच्न सक्छ, त्यो भन्दा बढी जिराफ बाँच्न सक्दछ ।
११ शार्कको जीवनकालमा करिब ३०,००० दांत झरेर जान्छ ।
१२ छेपारोले एकैपटक मा आफ्नो दुई आँखले दुई फरक दिशा तर्फ हेर्न सक्छ ।
१३ मह मात्र एक त्यस्तो खाना हो , जो सयौ बर्ष सम्म पनि सड्दैन ।
१४. संसारको सबैभन्दा ठुलो रोजगार दाता अमेरिकाको रक्षा मन्त्रालय हो , जहाँ ३० लाख जना रोजगार छन् ।