वैदिक सनातन धर्म गुरु स्वामी मधावानन्द जी महाराज अब श्री श्री १००८ महामंडलेश्वोर पदमा पदापण
रासंसा/काठमाण्डौ, बैशाख १७,
स्वामी शंकराचार्य जी माहाराजका शिष्य वैदिक सनातन धर्म गुरु स्वामी माधवानन्द जी महाराज अब श्री श्री १००८ महामंदलेश्वोर पदमा पदापण हुनुभएको छ । भारतको महाराष्ट्र जिल्ला ठाणेमा रहेको महाकाल भैरव अखडाका सुप्रियो श्री श्री १००८ आचार्य महामंडलेश्वोर सुरेश चन्द्र ए उपाध्यायले अखाडा विधि विधानसाथ सो पदमा पदापण गर्नुभएको थियो । स्वामी शंकराचार्य जी माहाराजका शिष्य वैदिक सनातन धर्म गुरु श्री श्री १००८ महामंडलेश्वोर स्वाम्मी मधावानन्द जी महाराज आराद्यदेव भगवान श्री पशुपतिनाथ मन्दिरको प्रांगणको दक्षिणमा रहेको प्राण मुक्तेश्वोर आश्रममा रहँदै आउनु भएको छ । उहालाई मुलुकको सनातन धर्मको रक्षार्थको एक वैदिक सनातन धर्म गुरुको सिढी पार गर्दै स्वामी शंकराचार्य जी महाराजको आशिर्वादले उच्च सिढीमा पुग्ने सुअवसर मिलोस भन्दै हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

