१५१ पुस्तक विमोचनमा, म रहुन्जेल अभिभावक नै सु श्री भद्र कुमारी घले – पुर्व प्रधान न्यायाधीश सुशीला कार्की

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १०,

आज विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवस । यसै पावन अवसर एवं भद्र कुआरी घले सेवा सदनको वार्षिक साधारण सभासंगै भद्रकुमारी घले सेवा सदनले सदनका सांस्थापक अध्यक्ष, पुर्व राजनीतिज्ञ वरिष्ठ समाजसेवी, साहित्यकार तथा कलाकार एवं चित्रकार सुश्री भद्रकुमारी घलेद्धारा लिखित विविध विधाका १५१ पुस्तकहरु एकैसाथ यहि नया वर्षको आगमनसंगै आज बैशाख १० गते नेपालकै पहिलो महिला प्रधानन्यायधीश सुशिला कार्कीको प्रमुख आतिथ्यतामा १५० अतिथि महिलाहरुकासाथ विमोचन कार्यक्रम भव्यताका साथ् सम्पन्न भयो । सदनकी संस्अथापक अध्यक्ष सुश्री भद्रकुमारी घलेको श्रष्टामा भएको कार्यक्रममा सदनका नव निर्वाचित अधक्ष दिपक घलेको सभापतित्वमा भएको सो कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रम, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरीष्ठ उपाध्यक्ष एव सेभ द नेशनल अनलाइन टिभीका सञ्चालक के. बि. सम्राटलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रमकी संयोजक लक्ष्मी उप्रेतीको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न घले समूदायका विशेष व्यक्तित्व तथा तहपदीय अरु अन्य व्यक्तिहरुको आतिथ्यता थियो । पशुपति अन्नपूर्ण आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको विशेष आतिथ्यतासंगै विभिन्न मिडियाका प्रतिनिधिहरुको उलेख्य मात्रामा उपस्थथीति थियो ।

विविध विधासहित, सस्कृति, कला, आफ्नै जीवन भोगाईसंग सम्बन्धित १५१ पुस्ततकहरु प्रकाशित गरिसक्नु भएकी सुश्री घलेले यस अघि एउटै मञ्चबाट ४९ पुस्ततकहरुको एकैसाथ तत्कालीन सूचना तथा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा भएको थियो । तर, अझै पनि उहानको गुणासो भने राष्ट्रका चौथो अंगको रुपमा रहेका पत्रकारहरुले कुनै पनि पत्रपत्रिकामा समाचार लेख्न भूलेको बताउनु भयो । नौ दशक उमेर पार भइसकेकी वयोवृद्ध सुश्री घलेले गरेको यो कार्य नविनमात्र होइन समाजका लागि एक उदाहरणीय कार्यसमेत हो । समाजमा यसले ठुलो उदाहरण, प्रेरणा र युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने छ नै ९२ वर्षको यो उमेरमा पनि यति धेरै जोश, जाँगर र क्षमताले प्रसंसा गर्न योग्य शिक्षा लिन हामि सबै युवाहरुलाइ थप उर्जाको प्रोत्साहन मिल्ने दुइ मत रहेन । साहित्यका प्राय सबै विधामा कलम चलाउने सुश्री घलेका प्रकाशित १५१ पुस्तकहरु निबन्ध, कविता, भजन संग्रह रहेका छन् । विशेष त यि पुस्तकहरुमा जीवन, जगत, कोरोना भाइरस महामारीको भोगाई, नेपालको समसामयिक राजनीतिक असर, सामाजिक चेतना, दर्शन, इतिहासका विषयहरु समेटिएका छन् । कार्यक्रम सञ्चालक सदनका सचिव प्रकाश समिरले निकै आकर्षक भब्य र सभ्य रुपमा संचालन गर्नुभएको थियो ।

यिनै संग्ग्रहहरुको पुस्तक विमोचन कार्यक्रम नेपालकै लागि एक ऐतिहासीक कार्यक्रम आजसम्म कुनैपनि श्रष्टाको यति धेरै संख्ख्यामा एकसाथ पुस्तकहरु विमोचन भएका छैनन् अनि यो उमेरको अरु कुनै व्यक्तिले यति धेरै सिर्जनात्मक कार्य गरेको सायदै यो पहिलो हुन सक्छ तसर्थ यस कार्यलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लैजानसके राष्ट्रको गरिमा कस्तो रहने थियो त्यो त राष्ट्रले नै बुझ्न सक्नुपर्छ ।

साहित्यकार, समाजसेवी, कलाकार, राजनीतिज्ञ सुश्री भद्रकुमारी घले विभिन्न संघसंस्थालगायत सेवा गर्दै श्रम तथा समाज कल्याण मन्त्रीसमेत भई सक्नुभएको छ । शास्त्रीसम्म अध्ययन गरेकी घले पञ्चायत कालमा माननीय सांसददेखी राजपरिषद स्थायी समिति सदस्यसमेत भइसकेकी घले सामाजिक क्षेत्रमा संलग्नता रही सामाजिक सेवाको दायित्वको अनुभव भएको हुनुहुन्छ । विभिन्न समयमा तत्कालीन श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र, श्री ५ ऐश्वर्य, श्री ५ प्रिन्सेस शाह, श्री ५ कोमल, श्री ५ शान्ति सरकार तथा राजपरिषदबाटमात्र उक्त चित्रकला प्रदर्शनिको सात पटकसम्म उद्घाटन भएको बताउदै उहाले दार्जिलिङमा सुवास घिसीङबाट आयोजित आर्ट ग्यालरी र राष्ट्रिय शोहरुमा भाग लिएको, विरानगरमा चित्रकला प्रदर्शनि गरेको संमरण गराउनुभएको थियो ।

प्रमुख अतिथिको आशनबाट नेपालकै पहिलो महिला प्रधानन्यायधीश सुशिला कार्कीले बिगतका कुराहरु संस्मरण गर्दै राष्ट्रले यस्ता श्रष्टालाई सम्मान गर्न सिकेको पनि छैन । श्रष्टालाई समान गर्नु भनेको मुलुकको पहिचान थप्नु पनि हो । तर, मुलुकमा राजनीतिककरण बढ्दो भएको हुनाले मुलिक्ले यस्ता श्रष्टालाई बिर्सिएको बताउदै मुलिक्लाई श्रीलंका हुनबाट जोगाउन अब हामि सबैको जिम्मेवारी आएको बताउनुभयो । सुश्री भद्रकुमारी घले अब मेरो जीवन रहुन्जेल अविभावक रहन आग्रह गर्नु भयो । कार्यक्रममा संयोजक लक्ष्मी उप्रेती लगायत सदनका कार्यकारी पदाधिकारीहरुले बहुब्रिद्द साहित्यकार एवं वरिष्ठ समाजसेवी भद्रकुमारी घलेलाई खादा लगाएर सम्मान गरेका थिए भने प्रमुख अतिथि नेपालकै पहिलो महिला प्रधानन्यायधीश सुशिला कार्कीलाई अभिनन्दन गरिएको थियो । यस्तै सदनका सचिव एवं पत्रकार, गायक एवं साहित्यकार प्रकाश समिरलाई एक लाख नगद सहित अभिनन्दन गरिएको थियो । सदनको साधारण सभा भब्यताकासाथ सभ्य रुपमा सम्पन्न भएको थियो ।

Like