चुनावी तालमेल गर्ने तनहुँमा एमाले र जोशीबीच सहमति
रासंसा/तनहुँ, बैशाख ४,
तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ । दिपकराज जोशीले कांग्रेसले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएकाे छ । चुनाव परिचालनका लागि दुवै पक्षबाट चारचार जना रहेको चुनाव परिचालन समिति पनि गठन गरिएको छ । २०७४ सालको निर्वाचनमा जोशीले रामचन्द्र पौडेल विरुद्ध अभियान चलाएको आरोपमा कांग्रेसले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो। जस अनुसार दमौली नगर क्षेत्र समेत रहेको ब्यास नगरपालिकामा जोशीका छोरा दिपकराज जोशीलाई मेयरमा एमालेले समर्थन गर्ने भएको छ । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि कांग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ । जोशीकै कारण पौडेल एमालेका किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । श्रेष्ठ भने अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको छ । तनहुँ कांग्रेसमा अहिले पनि पकड राख्ने जोशी समूहले एमालेसँग सहकार्य गर्दा कांग्रेसलाई यस पटक पनि अप्ठेरो हुनेछ ।
