Monday, October 19, 2026
Latest:
अन्य थपदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : राजेन्द्र लिङ्देन

Share to:

रासंसा/नवलपुर, बैशाख ४,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ । देशका लागि योग्य युवाहरू विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क छ । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण कुनै पनि क्षेत्र खुशी नभएको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आरोप लगाउनुभएको हो । अध्यक्ष लिङ्देनले अब जनताले चासो र विवेक पुर्याउन नसके देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवश्यक रहेको बताउनुभयो ।

Like