रसंसा/काठमाण्डौ, चित्र २१,
मुलुकमा काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अाह्वानलाई सार्थक तुल्याउँदै अाज मैतिदेवी मन्दिर परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यतामा रक्तदान कार्यक्रमको अायाेजना गरि सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले मैतिदेवी युनाइटेड क्लबका अध्यक्ष रामकुमार खड्गीलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।

बिक्रम खड्गीकाे संयाेजनामा अायाेजित साे कार्यक्रममा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिब सुरेन्द्र श्रेष्ठ बिशेष अतिथि रहुनु भएको थियो । उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण-पत्र एवं टी-शर्ट बितरण गर्नुभएको थियोे ।

मैतिदेवी युनाईटेड क्लब,सन वेय् कलेज र एम.जी. पाेलिक्लिनिक एण्ड डाग्नाेष्टिक सेन्टरकाे संयुक्त तवरले अायाेजित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा अाेढाई सम्मान गर्नुकाे साथै मायाकाे चिनाे प्रदान गरिएको थियोे । क्लबका अध्यक्ष रामकुमार खड्गीकाे सभापतित्वमा अायाेजित साे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४८ जनाले रक्तदान गर्नुभएको थियो ।
