५६ लहरका काठमाडौँमा सबैभन्दा बढी हुने, डोल्पामा कम
रासंसा/काठमाण्डौ , चैत्र २१ ,
मुलुकमा निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुने जानकारी दिए । त्यस्तै आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आएको जनाएको छ । उनका अनुसार सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सबैभन्दा बढी ६५ लहरका मतपत्र काठमाडौँका हुनेछन् । ‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन्’, प्रवक्ता पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौँका हुनेछन् ।’ आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाई कार्य जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको पनि जनाएको छ ।