रजनि सचेतना नेपाल फाउन्डेसन द्वारा नि:शुल्क आँखा शिविर सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १९,

रजनि सचेतना नेपाल फाउन्डेसनको आयोजनामा १ दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ९ मा रेहेको कामना माध्यमिक बिधालयको प्राङ्गणमा आयोजना भएको सो शिविरमा स्थानिय तथा जेष्ठ नागरिकबाट आँखाको परिक्षण गर्दै शिविरको उदघाटन भएको थियो भने पुर्व स्वास्थ्य सचिब तथा वरिष्ठ छाती रोग बिशेषज्ञ डा. द्दिर्घ सिह बमको प्रमुख आतिथ्यमा समापन भएको थियो। सो शिविरमा ११४३ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए । अन्य ३२४ जनाले आँखाको शल्यक्रिया गराएका थिए । आँखा परिक्षण पछि ६७६ जनालाई चस्मा र ६८९ जनालाई औषधि बितरण गरेको थियो। टोखा नगरपालिका भित्र रहेका स्थानिय नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै यो शिविर सन्चालन गरेको थियो । फाउन्डेसनले बिगतका दिनहरुमा पनि सामाजिक कार्यहरु गर्दै आएको र आगामि दिनमा पनि देशैभर कामहरु गर्दै जाने र आजको यस शिविर पनि स्थानिय स्तरमा रहेका बिभिन्न संघ संस्थाको सहकार्य र उपस्थितिमा सम्पन्न गर्न सफल भएको फाउन्डेसनकि अध्यक्ष रजनि थापाले बताउनु भयो।

Like