चाँदीको बढ्दा सुनको मूल्य घट्यो
रासंसा/काठमाण्डौ, फाल्गुन ११,
मुलुकमा साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Like