५ लाख मूल्य बराबरको मोबाइल चोरी गर्ने गिरोह तनहुँ प्रहरीको फन्दामा

Share to:

*************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश सुरक्षा समाचार,१६ गते शुक्रबार तनहुँ । ********************************************************************************जिल्ला प्रहरी कार्यालय तनहुँले ५ लाख मूल्य बराबरको ११ थान मोबाइल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्लाको भानुनगरपालिका-९ बाईसजाँगर स्थित अशोक श्रेष्ठले संचालन गर्दै आएको कालिका मोबाइल एण्ड ईलोक्टोनिस पसल तोडफोडगरि ११ थान विभिन्न कम्पनीका मोबाइल चोरी गरि फरार रहेका
लमजुङ जिल्ला बेशीशहर नगरपालिका -७ बस्ने वर्ष२५ को पुर्णबहादुर गुरुङ र लमजुङ जिल्लाकै दुधपोखरी गाँउपालिका -६ घर भएका विकास गुरुङलाई खोजतलास गरि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मीले जानकारी दिए।

Like