नेप्सेमा दोहोरो अंकले बढ्यो, कुन कम्पनीको मूल्य बढ्यो, कसको घट्यो ?

Share to:

रासंसा/काठमाण्डौ, माघ ८,

यसदिन २२९ कम्पनीको सेयर कारोबार भयो। ती कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरमा किनबेच भयो। यसैगरी सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले वृद्धि भएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार र बुधबार दुईदिन नियमित ओरालो लागेको नेप्से आज ३३.०३ अंकले बढेर २९ सय ३१.३४ विन्दुमा पुगेर बन्द भएको छ। यसअघि बुधबार नेप्से परिसूचक ३८.३५ अंकले ओरालो लाग्दा कारोबार रकम साढे ६ अर्बमा सिमित भएको थियो। मंगलबार ८ अर्ब बढीको सेयर कारोबार भएको थियो। आइतबार र सोमबार नेप्से ओरालो लागेको थियो। कारोबार रकमका आधारमा यसदिन आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसदिन सो कम्पनीको २२ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको परिसूचक बढेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत बढेको छ भने, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यसदिन ११ समूहको परिसूचक बढ्दा बैंकिङ्गको ०.०५ र म्युचुअल फण्ड समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको हो। त्यसैगरी, न्यादी हाइड्रोपावरको सेयरमूल्य करिब ८.८६ प्रतिशत बढेको छ। समग्रमा यो हप्ता सेयर बजार उतारचढावमै बित्यो। बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मैलुङ्ग खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो। मैलुङ्ग खोला जलविद्युत कम्पनीको १० प्रतिशत, तेह्रथुम पावर कम्पनीको १० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको हो।

Like