Sunday, October 18, 2026
Latest:
अपराधखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

उपाधि ललितपुरको टि–वर्गरलाई

Share to:

रासंसा/कास्की, माघ १,

मुलुकमा ललितपुरको टि वर्गर भेट्रान्सले पोखरामा आयोजित एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा पोखराको एबिसी भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित १ लाख ५१ हजार पुरस्कार प्राप्त ग-यो । उपविजेताले ७५ हजार ५ सयसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा म्यान अफ दि म्याच टि वर्गरका भूपेन लिम्वु नै खेल अवधिभर सर्वोत्कृष्ट खेलाडी घोषित भए । साथै उनी उत्कृष्ट मिडफिल्डरसमेत घोषित हुँदै कुल १५ हजार पाए । बगर भाइखलकको आयोजनामा भएको पाँचौं स्व. रञ्जित गुरुङ बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जिताउन भूपेन लिम्बु २ र रमेश गुरुङले १ गोलको योगदान दिए । विजेतालाई मुख्य प्रायोजक स्व. रञ्जित गुरुङका छोरीज्वाइँ मञ्जु÷मे.खुसीमान गुरुङ ‘एमभिओ’, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ, बगर भाइखलक युकेका अध्यक्ष दिलरास गुरुङ, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २५ टिमले भाग लिएका थिए । उत्कृष्ट गोलरक्षक टि वर्गरका मीनबहादुर बस्नेत, डिफेण्डर एविसीका विष्णुलाल श्रेष्ठ, फरबार्ड टि वर्गरका नगेन लिम्वु घोषित भए । उनीहरुले जनही ५ हजार पाए ।

Like