Saturday, October 17, 2026
Latest:
समाचार

थापाको बस दुर्घटनामा मृत्यु

Share to:

अन्जनराज न्यौपाने ,तनहुँ १२गते आईतबार
       बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।    जिल्ला स्थित आँबुखैरैनी गाँउपालिका-१ बरादी भन्ने स्थानमा शुक्रबार साँझ६: २५ वजेको समयमा आँखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको  ग१ ख ४८३४ नम्बरको बसले सोही स्थानमा बस्ने बर्ष-५५ को नन्दलाल थापालाई पैदल हिड्ने क्रममा  ठक्कर दिदा गम्भीर घाइते भै उपचारका लागि हाडजोर्नी अस्पताल आँबुखैरेनीमा लगिएकोमा उपचार संभव नभए पछि थप उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।     
                   ठक्कर दिने बस र सवारी चालक ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका ट्राफिक जवान रामशरण थापा मगरले वताए ।
Like