एमालेलाई संरक्षण गर्यो, हामीलाई सानो कुरामा चिठ्ठी काट्ने निर्वाचन आयोगले ठाडो उल्लघंन गर्ने – कांग्रेस
रासंसा/काठमाण्डौ, बैशाख १८,
नेपाली कांग्रेसले आचारसंहिता उल्लंघनको कारवाहीमा निर्वाचन आयोगले विभेद गरेको आरोप लगाएको छ। प्रतिपक्षी नेकपा एमालेले आचारसंहिताको उल्लघंन गर्दा पनि निर्वाचन आयोग नबोलेको कांग्रेसको आरोप छ। उनले भने, ‘हामी आचारसंहितामा बस्छौं। विपक्षी दलबाट ठाडो आचारसंहिता उल्लघंन भइरहेको छ। तै पनि त्यसप्रति सम्बद्ध निकाय बोलेको छैन। हाम्रो सामान्य कुरामा पनि निर्वाचन आयोगले चिट्ठी पठाइरहेको छ। प्रयोग गर्न नहुने शब्द प्रयोग हुँदा पनि केही बोलेको छैन।’ केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमालेबाट ठाडो आचारसंहिता उल्लघंन भइरहेको आरोप लगाए।
Like