रेणु दाहालका बागीलाई चुनाव चिन्ह भुइँकटर, बालेन र अटेरी समूहका गणेशलाई लौरो

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १७,

मुलुकमा निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा स्वतन्त्र व्यक्तिहरूलाई आयोगले निर्वाचन चिन्ह प्रदान गरेको हो। आयोगले भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न दिएको छ। भरतपुर महानगरमा माओवादी केन्द्रकी रेणु दाहालले सत्ता गठबन्धनबाट टिकट पाएपछि चितवनको कांग्रेस असन्तुष्ट छ। पौडेललाई बागी उम्मेदवारी फिर्ता गराउन भन्दै गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए। तर, पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। यस्तै, पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललाई चुनाव चिह्न लौरो दिइएको छ। उनले अटेरी समूहको नाममा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
काठमाडौं महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार इन्जिनियर तथा र्‍यापर बालेन शाहले लौरो चिन्ह पाएका छन्। उनी चुनाव चिन्ह लिन प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह पुगेका थिए। धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आप चुनाव चिह्न प्राप्त गरेका छन्। २०७४ सालको चुनावमा हमाल स्वतन्त्र उम्मेदवार बनेका थिए। हमाल कांग्रेसका नृप वहादुर वडसँग झिनो मतअन्तरले पराजित भएका थिए।

Like