नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा जाल्पा लघुवित्तलाई फाइदै–फाइदा
रासंसा/काठमाण्डौ, भैशाख १५,
बुधबार केही बढेको बजार परिसूचक नेप्से बिहीबार (आज) २० अंकले ओरालो लागेर २३ सय ५६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको बजार परिसूचक सेन्सेटिभ इन्डेक्स ४ अंकले ओरालो लागेर ४ सय ५० विन्दुमा आइपुगेको छ । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । यसदिन जीवन बीमा समूहको उपसूचक १५५ अंकले आरोला लाग्दा बाँकी समूहका पनि दोहोरो र एकल अंकले ओरालो झरेका छन् ।
जाल्पा लघुवित्तका लगानीकर्ताले आज १० प्रतिशतले कमाउँदा कुनै कम्पनीले पनि ५ प्रतिशतभन्दा बढी कमाएका छैनन् । नेप्से घटे पनि बुधबारको तुलनामा बिहीबार कारोबार रकममा भने केही सुधार आएको छ । बुधबार १ अर्ब ८ करोडको कारोबार भएकोमा बिहीबार १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
Like