जिम्बावेविरुद्ध नेपालको राष्ट्रिय टोली घोषणा
रासंसा/काठमाण्डौ, बैशाख १२,
मुलुकमा नेपाल क्रिकेट सङ्घ(क्यान)ले जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन टी-२० क्रिकेट खेलका लागि शुक्रबार राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
क्यानले उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो। कप्तान लामिछानेसँगै नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आरिफ शेख, आसिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो र अदिल अन्सारी छन्। नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज यही वैशाख १७ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। एकदिवसीय सिरिज वैशाख १७ देखि २१ सम्म चल्नेछ भने टी–२० सिरिज वैशाख २३ देखि २६ गतेसम्म चल्नेछ। त्यसैगरी भीम सार्की, सुशन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला रहेका छन्।